पर्यटनफाेटाे

खडेश्वर जुङ्गे महादेवको ७२ वर्ष ।

बाँके जिल्लाको नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरको पूर्वमा अवस्थित छ सिद्धपोखरी र पोखरीको बीचमा रहेको छ महादेवको मन्दिर ।


वि.सं. २००५ मा उक्त पोखरीलाई तत्कालीन बडाहाकिम प्रकाश शमशेरले जिर्णोद्वार गरी २००६ सालमा खडेश्वर जुङ्गे महादेवको प्रतिमा स्थापना गरेको बताइन्छ ।

देशमै जुङ्गा भएको एकमात्र उभिएको महादेवको मूर्तिकाे हातमा रहेको त्रिशुलमा समेत प्रकाश शमशेर जबरा लेखिएको अझै देख्न सकिन्छ ।

धेरैले प्रकाश शमशेरले आफ्नो फोटो दिएर सो मूर्ति बनाउन दिएकोले उहाँकै मुहारको दुरुस्त जुङ्गे महादेवको मूर्ति बनाएको हल्ला चलाएका थिए र अझै पनि केहीले भन्ने गर्छन् तर त्यो गलत हो ।

प्रकृति अधिकारीले माइतीघरस्थित वहाँको नातीबाट प्राप्त गरेको तत्कालीन बडाहाकिम प्रकाश शमशेरको तस्बिर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button