The Glamour Runway को उपाधि अनुग्या र अरविन्दलाई
‘ The Glamour Runway Nepalgunj 2024 ‘ को उपाधि अनुग्या थापा र अरविन्द सुनारले हात पारेका छन् ।
नेपालगन्जको होटल बाटिकामा भएको ग्रान्ड फिनालेमा सहभागी अन्य प्रतिस्पर्धीलाई उछिन्दै अनुग्या र अरविन्द विजेता बन्न सफल भएका हुन् ।
Own Creation को आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको फर्स्ट रनरअपको उपाधि बिना पोखरेल र आदर्श गुप्ताले पाएका छन् भने प्रिज्मा विष्ट र भानु वर्माले सेकेन्ड रनरअपको उपाधि हात पार्न सफल भएका छन् । त्यस्तै, ब्राण्ड एम्बासडरको उपाधि नेहा थापाले पाउँदा भ्युवर्स च्वाइसको उपाधि श्रेया भुजेलले पाइन् ।
चर्चित मिडियाकर्मी समिर मान श्रेष्ठले निकै उत्साहजनक तरिकाले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपालगन्ज सुमन थापा , सञ्चारकर्मी महारानी राज्यलक्ष्मी शाह ( करुणा ) , फेशन डिजाइनर निभा श्रेष्ठ , पूर्व मिस्टर नेपालगन्ज मिलन शाही ठकुरी र इभेन्ट म्यानेजर अभिषेक बस्नेत रहेका थिए ।
१ महिना अघि भएको अडिसनबाट यस प्रतियोगिताको फाइनलको लागि १२ जना प्रतिस्पर्धी छानिएका थिए । यस सिजनको कोरियोग्राफर प्रसिद्ध सिंह ठकुरी हुन् । नेपालगन्जमा रहेका मोडलिङमा इच्छुक युवायुवतीको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रम गरिएको इभेन्ट अर्गनाइजर मोहिनी दिलीप पौडेलले बताएकी छिन् ।
अन्य सब टाइटल विजेताहरु :
✅️ Best Walk – Miss Neha Thapa & Mr Bhanu Verma
✅️ Beauty with purpose – Miss Jenisha Thapa
✅️ Best Photogenic – Miss Sandhya Verma
✅️ Best Personality – Miss Prizma Bista & Mr Arbind Sunar
✅️ Miss Model – Miss Nirmala Deuba
✅️ Most Confident – Miss Anugya Thapa
✅️ Miss Beautiful – Miss Shreya Bhujel
✅️ Mister Handsome – Mr Adarsh Gupta
✅️ Most Humble – Miss Devi Oli
✅️ Miss Star – Miss Bina Pokharel