नेपालगन्ज ग्यालरीबाट छात्रबृति प्रदान गरिने , नेपालगन्ज क्याम्पसको सहकार्यमा ७ लाख बढीको छात्रबृति
यस क्षेत्र मै पहिलोपटक कुनै फेसबुक ग्रुपले छात्रबृति प्रदान गर्ने भएको छ । नेपालगन्ज ग्यालरीले यसको ब्यबस्थापनको लागी अग्रसरता देखाएको हो ।
यस क्षेत्रकै सर्वाधिक चर्चित, अनवरत रुपमा सामाजिक कार्यमा लागि परेको तथा सूचना, जानकारी र मनोरन्जन प्रदान गर्न स्थापित भएको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले त्रिभुवन विश्व विधालयबाट सम्बन्धन प्राप्त नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेकनोलोजी ( NCMT ) , नेपालगन्जसँग सहकार्य गरेर यस क्षेत्रका जेहेनदार, गरिब तथा समाबेशी समुहलाई प्रतिनिधित्व गर्ने बिधार्थीहरु मध्येबाट BSc. CSIT ( Bachelor of Science in Computer Science and Technology ) मा १ जना र BCA ( Bachelor of Computer Application ) मा १ जनालाई पूर्ण छात्रबृति दिई अध्यापन गराउने भएको छ ।
प्रत्येक बर्ष दुईजनालाई छात्रबृति प्रदान गरिने सम्झौतामा नेपालगन्ज ग्यालरीबाट संस्थापक समिरमान श्रेष्ठ र नेपालगन्ज क्याम्पसबाट प्रमुख निशान्त कुमार शाक्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार क्याम्पसले BSc. CSIT कोर्षका लागि ३ लाख ९० हजार र BCA कोर्षका लागि ३ लाख ३० ह्जारका साथै कलेज ड्रेस पनि उपलब्ध गराउने छ भने नेपालगन्ज ग्यालरीले क्याम्पसको सेवा सुबिधाको बारेमा जानकारी प्रदान गर्ने र प्रचारप्रसारमा सहयोग पुर्याउने छ ।
नेपालगंज ग्यालरी र नेपालगंज क्याम्पस छात्रवृति कार्यक्रम – २०७९ को छनोट प्रक्रिया अन्तर्गत् आर्थिक आवस्था कमजोर भएको , जेहेन्दार ( एसइइ , १०+२ र प्रवेश परिक्षामा ल्याएको अंकको आधारमा ) , समाबेसी ( नेपाल सरकारले निर्धारण गरे अनुसार ) , एसइइ र १०+२ सरकारी स्कूलमा पढेकोलाई प्राथमिकता , त्रिभुवन बिश्वबिधालयले संचालन गरेको प्रवेश परिक्षा उतिर्ण गरेको , सम्बन्धित उपमहानगरपालिका / नगरपालिका / गाउँपालिका / वडाबाट निम्न तथा गरिब परिवारको भनि प्रमाणित गरेको पत्र भएको आदी कुराहरु हेरी बिचार गरी बाँके र बर्दिया जिल्लाका बिधार्थीहरुलाई छात्रवृति प्रदान गरिने छ ।
योग्यता पुगेका विधार्थीलाई गणेशमान चोक नेपालगन्जस्थित क्याम्पसमा पुगी अन्य जानकारी प्राप्त गरी दरखास्त दिन अनुरोध पनि गरिएको छ ।
Hello iam shekhar. I join in nepalgunj gsllery