एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगंज शाखाले बृहत शैक्षिक जानकारीमूलक मेलाको आयोजना गर्दैछ ।
एक्सपर्टले श्रावण ३२ गते शुक्रबार होटल डाइमन्ड प्यालेस ( पहिलेको सिग्नेट होटल ) को सेमिनार हलमा ‘ एक्सपर्ट एजुकेशन एक्स्पो –२०२४ ’ आयोजना गर्न लागेको हो । एक्स्पो विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ ।
एक्स्पोमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया , क्यानडा , युके, युएसए र न्यूजील्याण्ड जान चाहने प्लस टू उतिर्ण र ब्याचलर तथा मास्टर अध्ययन गर्दै गरेका या नतिजा पर्खिरहेका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् ।
एक्स्पोमा १८ भन्दा बढी कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु आउँदैछन् । सहभागीहरुले प्रतिनिधिहरुबाट ‘वन टु वन काउन्सेलिङ’ गर्न सक्नेछन । त्यस्तै पीआर प्रोसेसको बारेमा बुझ्न चाहनेहरुले पनि सहभागिता जनाउन सक्नेछन ।
एक्सपर्टले एक्स्पोमा सहभागी हुने प्रत्येक बिधार्थीलाई हात खाली नजाने उपहारको व्यवस्था समेत गरेको छ ।
नेपालका प्रमुख १६ बढी शहरहरु समेत विश्वका २० देशका ७० भन्दा बढी शहरहरुमा आफ्नो शाखा स्थापना गरी विगत २१ वर्षदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै विश्वभरीबाट एक्सपर्ट मार्फत वैदेशिक अध्ययनको लागि एक लाख भन्दा बढी विदेशका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि गईसकेको एक्सपर्ट एजुकेशनका ट्रेनिङ्ग एण्ड ग्रोथ म्यानेजर प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।
तसर्थ ढुक्क भएर शुक्रबार एक्सपर्ट एजुकेशन एक्स्पोमा आई विज्ञहरुसंग वैदेशिक अध्ययनबारे विस्तृत रुपमा बुझेर लाभान्वित हुन सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई एक्सपर्ट परिवारले अनुरोध गरेको छ ।