
नेपालका मोटरसाइकल पारखी तथा युवा राइडरहरूका लागि बहुप्रतीक्षित नयाँ TVS Apache RTR 160 4V को विशेष लन्च कार्यक्रम नेपालगञ्जमा आयोजना हुने भएको छ । कार्यक्रम श्रावण ३२ गते (१६ जुलाई २०२६), बिहान ११:०० बजेदेखि होटल सिद्धार्थ, कारकाँदो, नेपालगञ्ज मा हुने तय गरिएको छ ।
“When Power Meets Performance, Extraordinary Things Happen” भन्ने नारासहित आयोजना हुन लागेको यस कार्यक्रममा नयाँ Apache RTR 160 4V को सार्वजनिक प्रदर्शन, अत्याधुनिक फिचरहरूको जानकारी तथा मोटरसाइकल प्रेमीहरूलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरिनेछ ।
कार्यक्रममा TVS ग्राहक, मोटरसाइकल पारखी, सञ्चारकर्मी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणलाई सहभागी हुन नेपालगन्जका लागि TVS को आधिकारिक डिलर ग्रेस एण्ड ग्लोबल ट्रेडिंग प्रालिले खुला निमन्त्रणा दिएको छ । कार्यक्रममा सहभागीहरूले नयाँ Apache RTR 160 4V लाई नजिकबाट अवलोकन गर्नुका साथै यसको डिजाइन, प्रविधि र परफर्मेन्सबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।
TVS को “Lead The Pack, Light The Way” अभियानअन्तर्गत आयोजना हुन लागेको यो कार्यक्रम नेपालगञ्जका मोटरसाइकल प्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!