
कभर गीतमार्फत श्रोताहरूको मन जित्दै आएका नवगायक मोहिन श्रेष्ठ (Mohin Shrestha) को नयाँ म्युजिक भिडियो ‘सब ठिक छ’ (Sab Thik Cha) छिट्टै सार्वजनिक हुने भएको छ।
नेपाली संगीत तथा भिडियो निर्माण क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर सक्रिय अनुभवी सर्जक श्रेशान श्रेष्ठ (S2S) को फरक तथा अर्थपूर्ण शब्द रचना रहेको यस गीतले पछिल्लो समयको गम्भीर विषय ‘मानसिक स्वास्थ्य’ (Mental Health) लाई उठान गरेको छ। जीवनमा जतिसुकै दुःख, पीडा र तनाव आए पनि हार नमानी “जे जस्तो भए पनि सब ठिक छ” भन्दै सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्ने प्रेरणादायी सन्देश भिडियोले बोकेको छ ।
सुगम पोखरेलको सदाबहार गीत ‘दशैं तिहार’ र सविन राईको चर्चित गीत ‘तिमी नै हौ’ जस्ता कालजयी म्युजिक भिडियोहरू निर्माण गरिसकेका S2S नयाँ तथा प्रतिभावान कलाकारहरूलाई सधैं प्राथमिकता दिँदै अघि बढाउन रुचाउँछन्। सोही क्रममा उनले नवगायक मोहीनसँग सहकार्य गरेका हुन्। साथै, S2S स्वयं पनि छिट्टै आफ्नो नयाँ ‘कलेक्सन एल्बम’ (Collection Album) लिएर दर्शक-श्रोतामाझ आउने तयारीमा जुटेका छन्।
इनलाइन क्रिएसन रेकर्ड्स (Inline Creation Records) को प्रस्तुति रहेको यस भिडियोको छायांकन, सम्पादन तथा निर्देशन पनि S2S (श्रेशान) ले नै गरेका हुन्। गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ AK Gee (Kingmaker Records) को रहेको छ भने भिडियोमा सरोजन तुलाधरको छायांकन (DOP) र AK Gee को कलर तथा सहायक निर्देशन रहेको छ।
निराशाबाट आशा र सकारात्मकतातर्फ डोऱ्याउने यो म्युजिक भिडियो Inline Creation Records को YouTube channel मार्फत छिट्टै दर्शकमाझ आउँदैछ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!