
भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी एक कार्यक्रम आयोजना गरेको छ । ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको सीएमई कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।
बाँकेका चिकित्सक र पत्रकारहरुको उपस्थिति सहितको कार्यक्रममा हस्पिटलका न्यूक्लियर मेडिसिन निर्देशक डा. शाश्वत वर्मा , युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा. राहुल यादव , प्रिन्सिपल कन्सल्टेन्ट तथा सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा. शशांक चौधरी , बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा. मुकेश यादवले प्रस्तुती दिएका थिए ।




Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!