Home समाचारनेपालगन्ज -१ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, उम्मेदवार विवेक श्रेष्ठले भने “सरकार बनाउन सक्ने गरी जिताउन आवश्यक”

नेपालगन्ज -१ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, उम्मेदवार विवेक श्रेष्ठले भने “सरकार बनाउन सक्ने गरी जिताउन आवश्यक”

by Nepalgunj Gallery
0 comments

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ पारिजात मार्गमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार विवेक कुमार श्रेष्ठले गरेका हुन्। कार्यालय उद्घाटनपछि बोल्दै उम्मेदवार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको विश्वास र समर्थन उल्लेखनीय रूपमा बढिरहेको बताए। उनले भने, “रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेमा कुनै शंका छैन, तर ठूलो पार्टी बनाएर मात्र पुग्दैन। सरकार बनाउन सक्ने गरी जितायौं भने मात्र पार्टीले आफ्नो एजेण्डा अनुसार काम गर्न सक्छ।” उनले विगतका वर्षहरूमा जनताले धेरै आशा राखेर विभिन्न दललाई अवसर दिएको तर अपेक्षित सुशासन, पारदर्शिता र विकासको अनुभूति गर्न नसकेको उल्लेख गरे। अब भने जनतामा नयाँ विकल्प खोज्ने चेतना बढेको र परिवर्तनको पक्षमा स्पष्ट जनमत देखिन थालेको उनको भनाइ थियो।

कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा, युवा तथा समर्थकहरूले पनि यसपटक जिम्मेवार, जवाफदेही र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताएका थिए। उनीहरूले पुराना प्रवृत्तिको अन्त्य गर्दै नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए। नयाँ स्थापना गरिएको सम्पर्क कार्यालयले निर्वाचन अवधिभर पार्टीका गतिविधि सञ्चालन, जनसम्पर्क विस्तार तथा स्थानीय समस्याहरूको बारेमा प्रत्यक्ष संवाद गर्ने केन्द्रका रूपमा काम गर्ने विश्वास लिइएको छ। स्थानीय स्तरमै देखिएको उत्साह र सहभागिताले यस क्षेत्रमा परिवर्तनको पक्षमा जनलहर बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

Leave a Comment