Home समाचारनेपालगन्जमा टिभिएस स्मार्ट एक्सचेञ्ज तथा फाईनान्स मेला सुरु , चैत्र १३ गतेसम्म चल्ने

नेपालगन्जमा टिभिएस स्मार्ट एक्सचेञ्ज तथा फाईनान्स मेला सुरु , चैत्र १३ गतेसम्म चल्ने

by Nepalgunj Gallery
0 comments

टिभिएस माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालि , नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रालिकाे संयुक्त आयाेजनामा वेस्टर्न मार्ट अगाडी सुर्खेत रोडमा टिभिएस महाएक्सचेन्ज तथा फाईनान्स मेला आजदेखि सुरु भएको छ। मेलामा आफूसँग भएको कुनै पनि ब्रान्डको मोटर साईकल तथा स्कुटर लगेर एक्सचेन्ज गरी TVS को नयाँ गाडी तुरुन्तै घर लग्न सकिन्छ ।

हाल नेपाली बजारमा सर्वाधिक चर्चामा रहेको टिभिएस ब्रान्डले आफ्नाे ब्रान्डकाे लाेकप्रियता बढेसङ्गै आफ्नो बजार बिस्तारलाई झन आक्रमक बनाउदै लगेको छ। नेपाली बजारमा उपलब्ध ब्रान्डहरुमा टिभिएस सर्वाधिक रेन्ज भएको ब्रान्डमा पर्दछ।

चैत्र १३ गतेसम्म चल्ने मेलामा रु ७ हजारसम्म क्यास डिस्काउन्ट , एक्सचेन्जमा रु ८ हजार भ्यालु एडिशन , फ्री एसेसरिज पाउनुका साथै नागरिकता र लाईसेन्सकाे भरमा सजिलाे फाईनान्सको सुविधा पनि रहेको छ ।

भर्खरै मात्रै टिभिएसले आफ्नो बहुचर्चित माेडल एनटर्कलाई नेपाली बजारमा १ लाख पचास हजार अन द राेड कटि सकेको सेलेब्रेसन गरि रहेकाे छ। टिभिएस सँग ११० सिसि देखि ३१० सिसि सम्मका माेटरसाईकल तथा स्कुटर उपलब्ध रहेका छन ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment