Home समाचारबाँकेमा २१ गतेसम्म मदिरा बिक्री बन्द

बाँकेमा २१ गतेसम्म मदिरा बिक्री बन्द

by Nepalgunj Gallery
0 comments

मदिरा व्यवसायी संघ बाँकेले अत्यन्त जरुरी सूचना जारी गर्दै फागुन १७ गते आईतबार राति १० बजेपछि जिल्लाभर मदिरा बिक्री वितरण पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ।

संघका अनुसार जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशनअनुसार फागुन २१ गतेसम्म सबै वितरक, थोक तथा खुद्रा व्यवसायीले आ–आफ्नो पसल बन्द राख्नुपर्नेछ। सूचना उल्लंघन गर्ने सदस्यलाई संघबाट कुनै प्रकारको पहल, सिफारिस वा संरक्षण नहुने स्पष्ट पारिएको छ। तोकिएको समयावधिसम्म नियम पालना गर्न संघले सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment